मंगलम पाइप्सद्वारा कर्मचारीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान « Khabarhub

मंगलम पाइप्सद्वारा कर्मचारीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आर्थीक वर्ष २०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यक्रम आयोजना गरेको थियो ।

 यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरूलाई मायाको चिनो र प्रशंसापत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरूलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।

मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भने, “ हाम्रो सुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुखदुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन । आज यहाँहरू सँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाइसम्म पुर्‍याउनु भएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।”

आफ्ना कर्मचारीहरूलाई उनीहरूको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरूलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरू समयसमयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ४७ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी