काठमाडौँ– नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आर्थीक वर्ष २०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यक्रम आयोजना गरेको थियो ।
यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरूलाई मायाको चिनो र प्रशंसापत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरूलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।
मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भने, “ हाम्रो सुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुखदुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन । आज यहाँहरू सँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाइसम्म पुर्याउनु भएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।”
आफ्ना कर्मचारीहरूलाई उनीहरूको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरूलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरू समयसमयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले बताए ।
प्रतिक्रिया