बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ  « Khabarhub

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (पश्चिम)– बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको