‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक (भिडियो) « Khabarhub

‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक (भिडियो)


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गीतकार तथा संगीतकार पुष्पन प्रधानको गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । 

पुरुष र महिला भर्सन पश्चात गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको हो । सार्वजनिक गीतमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर छ । बिरामीका कारण सबै कुरा बिर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ। गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । 

गायक तथा संगीतकार पुष्पन प्रधानले यो गीत सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउँदै यसले मदनकृष्णको स्वर पाउनु थप उपलब्धिको रुपमा व्याख्या गरेका थिए ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईँको छायांकन र सम्पादन छ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । 

कार्यक्रममा भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन् । मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधैँ नै विशेष रहने बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : ३१ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा