‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक (भिडियो) « Khabarhub

‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक (भिडियो)


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गीतकार तथा संगीतकार पुष्पन प्रधानको गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । 

पुरुष र महिला भर्सन पश्चात गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको हो । सार्वजनिक गीतमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर छ । बिरामीका कारण सबै कुरा बिर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ। गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । 

गायक तथा संगीतकार पुष्पन प्रधानले यो गीत सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउँदै यसले मदनकृष्णको स्वर पाउनु थप उपलब्धिको रुपमा व्याख्या गरेका थिए ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईँको छायांकन र सम्पादन छ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । 

कार्यक्रममा भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन् । मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधैँ नै विशेष रहने बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : ३१ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ