छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । 

गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सोमबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गाडीमा सवार अजिरकोट गाउँपालिका–५ चनौटे बस्ने ५० वर्षीय देवी पोख्रेल लगायत ३ जना रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित फास्टट्रयाक बनाउँदै गरेको अवस्थामा अनटेष्ट लेखिएको लोडर सोमबार अचानक पल्टिँदा चिनियाँ नागरिक ३७ वर्षीय झु मिङ्बाओ लगायत ३ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा  घाइते भएका लोडर चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

झापाको बाह्रदशी गाउँपालिका–५ सुवास टोलमा मे.१ त ६०१० नम्बरको ट्रयाक्टरबाट लडेर सहचालक सोही ठाउँ बस्ने २७ वर्षीय बाबुराम हेमरनको सोमबार मृत्यु भएको छ । 

नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ सिसहवामा लु.५१ प ४२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया भक्ति हरिजन रहेका छन् । उनको सोमबार मृत्यु भएको हो । 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवा चोकमा लु.३ त ८३३८ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही लुम्बिनी सांकृतिक नगरपालिका–८ एक्ला बस्ने १० वर्षीय गणेश गुप्ता रहेका छन् । 

बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठस्थित सडकमा विआर ०५ एस ६७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय साहेब राय यादवको सोमबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका–२५ सिसवनिया चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक कजना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । 

सुनसरीको वर्जु गाउँपालिका–५ अमही वेलाहामा मे.१० प ६८१५ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना  हुँदा चालक मोरङ विराटनगर महानगरपालिका–१५ का रत्नेश धाडेवालको मृत्यु भएको छ । 

मोरङको उर्लाबारी नगरपालिका–८ अठियाबारीमा प्रदेश १–०२–०४२ प १६०० नम्बर र  मे.७ प ६३७१ नम्बरका दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मे.७ प ६३७१ नम्बरको मोटरसाइकल चालक गोबिन्दपुर–१ बस्ने ४५ वर्षीय गणेश सिटौला रहेका छन् । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : ४७ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग