मनाङका मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी « Khabarhub

मनाङका मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्तीलगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लाका चारवटै स्थानीय तहका २८ मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन गरी २८ पोका बनाइएको छ ।

निर्वाचनका लागि तयार पारिएको सामग्री टाढा मतदान केन्द्रमा वैशाख २६ गते पठाइनेछ भने नजिकका मतदान केन्द्रमा वैशाख २७ गते निर्वाचन सामग्री पठाइने शर्माले बताए ।

“मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी नियुक्त गर्ने र तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ’’, उनले भने, “कर्मचारी नियुक्ति प्रक्रिया चलिरहेको छ, नियुक्ति गरेर ओरियण्टेशन गराई मतदान केन्द्रमा २७ गतेसम्म कर्मचारी पठाउने छौँ ।’’ २७ गतेसम्म कार्यालय स्थापना गरी सूचना टाँस गर्नुपर्ने उनले बताए । धेरै काम पूरा भइसकेका छन् । विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार सुरक्षित र भयरहित तबरबाट सहज रूपमा मतदातालाई मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकाय प्रमुखसहित विभिन्न स्थानमा अनुगमन गरिएको छ । निर्वाचनका लागि नासो गाउँपालिकाका सबै मतदान केन्द्रको तयारीका बारेमा जानकारी लिने उद्देश्यले आज अनुगमन गरिएको उनले बताए ।
सुरक्षित राख्ने स्थान निर्माण गरी सामग्री पठाउनुपर्ने भएकाले पनि अनुगमनलाई तीव्र पारिएको उनको भनाइ छ ।

नासोको नौवटा मतदान केन्द्रको अनुगमन तथा अवलोकन गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : २३ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग