युद्ध शुरु भएयता ११ लाख युक्रेनी आफ्नो मुलुक प्रवेश गरेको रुसको दाबी | Khabarhub Khabarhub

युद्ध शुरु भएयता ११ लाख युक्रेनी आफ्नो मुलुक प्रवेश गरेको रुसको दाबी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले गत फेब्रुअरी २४ मा ‘विशेष सैनिक कारवाही’ थालेयता युक्रेनबाट हालसम्म ११ लाख मानिसहरु आफ्नो मुलुक प्रवेश गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी भूभागबाट आफ्नो मुलुकतर्फ ११ लाख मानिसहरुलाई उद्धार गरिएको जनाएको हो ।

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार युक्रेनबाट रुस पुग्नेमा झण्डै २ लाख बालबालिका पनि छन् ।

सोमबारमात्र ११ हजार ५ सय जना युक्रेनबाट रुस आइपुगेको जनाइएको छ । सोमबार युक्रेनबाट रुस पुग्नेमा १ हजार ८ सय ४७ जना बालबालिका रहेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

युक्रेनबाट रुस आउने मानिसहरुमा रुस समर्थित युक्रेनका पृथकतावादी राज्यहरु ‘लुहान्स्क जनगणतन्त्र’ र ‘डोनेत्स्क जनगणतन्त्र’ का बासिन्दाहरु पनि रहेको जनाइएको छ ।

युक्रेनमाथि सैनिक आक्रमण थाल्नुअघि रुसले ती राज्यहरुलाई रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो । रुसले कसैलाई पनि जबरजस्ती आफ्नो मुलुक नलगेको बताएको छ ।

उनीहरुकै आग्रहमा ती मानिसहरुलाई युक्रेनबाट रुसतर्फ उद्धार गरिएको रुसी रक्षा मन्त्रालयको दाबी छ । यता युक्रेनले रुसी फौजले भने युक्रेनी नागरिकहरुलाई जबरजस्ती रुसतर्फ लैजाने गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : १६ बजे

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा