युद्ध शुरु भएयता ११ लाख युक्रेनी आफ्नो मुलुक प्रवेश गरेको रुसको दाबी « Khabarhub

युद्ध शुरु भएयता ११ लाख युक्रेनी आफ्नो मुलुक प्रवेश गरेको रुसको दाबी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले गत फेब्रुअरी २४ मा ‘विशेष सैनिक कारवाही’ थालेयता युक्रेनबाट हालसम्म ११ लाख मानिसहरु आफ्नो मुलुक प्रवेश गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी भूभागबाट आफ्नो मुलुकतर्फ ११ लाख मानिसहरुलाई उद्धार गरिएको जनाएको हो ।

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार युक्रेनबाट रुस पुग्नेमा झण्डै २ लाख बालबालिका पनि छन् ।

सोमबारमात्र ११ हजार ५ सय जना युक्रेनबाट रुस आइपुगेको जनाइएको छ । सोमबार युक्रेनबाट रुस पुग्नेमा १ हजार ८ सय ४७ जना बालबालिका रहेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

युक्रेनबाट रुस आउने मानिसहरुमा रुस समर्थित युक्रेनका पृथकतावादी राज्यहरु ‘लुहान्स्क जनगणतन्त्र’ र ‘डोनेत्स्क जनगणतन्त्र’ का बासिन्दाहरु पनि रहेको जनाइएको छ ।

युक्रेनमाथि सैनिक आक्रमण थाल्नुअघि रुसले ती राज्यहरुलाई रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो । रुसले कसैलाई पनि जबरजस्ती आफ्नो मुलुक नलगेको बताएको छ ।

उनीहरुकै आग्रहमा ती मानिसहरुलाई युक्रेनबाट रुसतर्फ उद्धार गरिएको रुसी रक्षा मन्त्रालयको दाबी छ । यता युक्रेनले रुसी फौजले भने युक्रेनी नागरिकहरुलाई जबरजस्ती रुसतर्फ लैजाने गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : १६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका