विक्की भन्छन्, ‘कट्रिनाबाट हरेक दिन केही नयाँ सिक्छु’  « Khabarhub

विक्की भन्छन्, ‘कट्रिनाबाट हरेक दिन केही नयाँ सिक्छु’ 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– एक्टर विक्की कौशलले आफूले कट्रिना कैफलाई पत्नीको रुपमा पाउनुमा भाग्यमानी महसुस गरेको बताएका छन् ।

हेल्लो म्यागजिनसँगको कुराकानीमा विक्कीले कट्रिनासँग हरेक दिन केही न केही सिक्ने गरेको बताएका छन् । ‘मैले कट्रिनालाई जीवनसाथीको रुपमा पाउनुको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ । उनले व्यक्तित्वको प्रभाव मेरो जीवनको हरेक पक्षमा परेको छ । बुद्धिमानी र दयालु छिन् कट्रिना’ विक्कीले कुराकानीको क्रममा भनेका छन् । 

उनले कट्रिनाको आगमनसँगै आफूमा पोजिटिभिटी बढेको समेत बताए । ‘उनी निकै अनुशासित छिन् । उनले हरेक आरोहअवरोहलाई सकारात्मक रुपमा लिने गरेकी छिन्’ विक्कीले भने । गत वर्षको डिसेम्बरमा कट्रिनासँग विक्कीले विवाह गरेका थिए । त्यसयता पहिलोपटक विक्कीले विवाहको बारेमा कुराकानी गरेका हुन् । 

विक्की पछिल्लो समय ‘गोविन्दा तेरा नाम’ फिल्मको काममा व्यस्त छन् । यस्तै , कट्रिना टाइगर ३ , फोन भुत लगायतका प्रोजेक्टमा व्यस्त छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : २६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले