विक्की भन्छन्, ‘कट्रिनाबाट हरेक दिन केही नयाँ सिक्छु’  « Khabarhub

विक्की भन्छन्, ‘कट्रिनाबाट हरेक दिन केही नयाँ सिक्छु’ 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– एक्टर विक्की कौशलले आफूले कट्रिना कैफलाई पत्नीको रुपमा पाउनुमा भाग्यमानी महसुस गरेको बताएका छन् ।

हेल्लो म्यागजिनसँगको कुराकानीमा विक्कीले कट्रिनासँग हरेक दिन केही न केही सिक्ने गरेको बताएका छन् । ‘मैले कट्रिनालाई जीवनसाथीको रुपमा पाउनुको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ । उनले व्यक्तित्वको प्रभाव मेरो जीवनको हरेक पक्षमा परेको छ । बुद्धिमानी र दयालु छिन् कट्रिना’ विक्कीले कुराकानीको क्रममा भनेका छन् । 

उनले कट्रिनाको आगमनसँगै आफूमा पोजिटिभिटी बढेको समेत बताए । ‘उनी निकै अनुशासित छिन् । उनले हरेक आरोहअवरोहलाई सकारात्मक रुपमा लिने गरेकी छिन्’ विक्कीले भने । गत वर्षको डिसेम्बरमा कट्रिनासँग विक्कीले विवाह गरेका थिए । त्यसयता पहिलोपटक विक्कीले विवाहको बारेमा कुराकानी गरेका हुन् । 

विक्की पछिल्लो समय ‘गोविन्दा तेरा नाम’ फिल्मको काममा व्यस्त छन् । यस्तै , कट्रिना टाइगर ३ , फोन भुत लगायतका प्रोजेक्टमा व्यस्त छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : २६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका