माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी « Khabarhub

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले देशको नेतृत्व नछाडेको दाबी गरेका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दाबी गरेका हुन्। उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए।

माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उनले बताए।  गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको भन्दै उनले आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्ने र गठबन्धन बिजयी हुने ठोकुवा गरे । उनले गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको भन्दै गठबन्धनलाई जोगाउने पार्टी माओवादी नै भएको बताए।

प्रचण्डले स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ०८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको