रुसद्वारा विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजी’ लाई समर्थन गरेको आरोप « Khabarhub

रुसद्वारा विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजी’ लाई समर्थन गरेको आरोप


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजीहरू’ को समर्थन गरेको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायलले ‘नव नाजीहरु’ लाई समर्थन गरेको आरोप लगाएको हो ।

केही दिनअघि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले जर्मन तानाशाह एडोल्फ हिटलर यहूदी मूलका भएको आधारहीन दाबी गरेपछि दुई मुलुकबीच तनाव उत्पन्न भएको हो ।

इजरायली विदेशमन्त्री याइर लापिडले लाभ्रोभको दाबीले नाजी जर्मनीद्वारा यहूदीहरुको नरसंहारको अवमूल्यन गरेको भन्दै यो ‘अक्षम्य’ भएको टिप्पणी गरेका थिए ।

यसको प्रतिक्रिया स्वरुप रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायली विदेशमन्त्रीको टिप्पणी ‘गैर ऐतिहासिक’ भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा यसबाट ‘किन इजरायली सरकारले किभमा रहेको नव नाजी सत्तालाई समर्थन गरिरहेको छ’ भन्ने थाहा लागेको बताइएको छ ।

रुसी विदेश मन्त्रालयले लाभ्रोभको दाबीलाई दोहोर्याउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यहूदी मूलकै भएका कारण युक्रेनमा नव नाजीहरुले शासन गरिरहेको वास्तविकता नढाक्ने जनाएको छ ।

हिटलरले आफ्नो शासनकालमा ६० लाख यहूदीहरुको आम नरसंहार गरेका थिए । यसकारण विश्वको एकमात्र यहूदी मुलुक इजरायलमा हिटलर र नाजी सत्ताद्वारा यहूदीमाथि गरिएको दमनलाई निकै संवेदनशील विषयका रुपमा लिने गरिन्छ ।

यसअघि रुसले आक्रमण गरेपछि शुरुवाआती चरणमा आनाकानी गरेको इजरायलले पछि भने युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो ।

गत महिना इजरायली विदेशमन्त्री लापिडले रुसले युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ०४ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग