रुसद्वारा विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजी’ लाई समर्थन गरेको आरोप | Khabarhub Khabarhub

रुसद्वारा विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजी’ लाई समर्थन गरेको आरोप


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजीहरू’ को समर्थन गरेको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायलले ‘नव नाजीहरु’ लाई समर्थन गरेको आरोप लगाएको हो ।

केही दिनअघि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले जर्मन तानाशाह एडोल्फ हिटलर यहूदी मूलका भएको आधारहीन दाबी गरेपछि दुई मुलुकबीच तनाव उत्पन्न भएको हो ।

इजरायली विदेशमन्त्री याइर लापिडले लाभ्रोभको दाबीले नाजी जर्मनीद्वारा यहूदीहरुको नरसंहारको अवमूल्यन गरेको भन्दै यो ‘अक्षम्य’ भएको टिप्पणी गरेका थिए ।

यसको प्रतिक्रिया स्वरुप रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायली विदेशमन्त्रीको टिप्पणी ‘गैर ऐतिहासिक’ भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा यसबाट ‘किन इजरायली सरकारले किभमा रहेको नव नाजी सत्तालाई समर्थन गरिरहेको छ’ भन्ने थाहा लागेको बताइएको छ ।

रुसी विदेश मन्त्रालयले लाभ्रोभको दाबीलाई दोहोर्याउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यहूदी मूलकै भएका कारण युक्रेनमा नव नाजीहरुले शासन गरिरहेको वास्तविकता नढाक्ने जनाएको छ ।

हिटलरले आफ्नो शासनकालमा ६० लाख यहूदीहरुको आम नरसंहार गरेका थिए । यसकारण विश्वको एकमात्र यहूदी मुलुक इजरायलमा हिटलर र नाजी सत्ताद्वारा यहूदीमाथि गरिएको दमनलाई निकै संवेदनशील विषयका रुपमा लिने गरिन्छ ।

यसअघि रुसले आक्रमण गरेपछि शुरुवाआती चरणमा आनाकानी गरेको इजरायलले पछि भने युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो ।

गत महिना इजरायली विदेशमन्त्री लापिडले रुसले युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ०४ बजे

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा