‘पाताल लोक २’ बन्दै « Khabarhub

‘पाताल लोक २’ बन्दै


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओटीटी प्लेटफर्म अमेजोन प्राइमले अभिनेत्री अनुष्का शर्मासँग मिलेर निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’ ले राम्रो चर्चा पायो । 

२०२० मा रिलिज भएको वेब सिरिजको कन्टेनले सबैको ध्यान तान्न सफल भयो । सिरिजमा देखिएका कलाकारहरूको अभिनयको चर्चा भयो नै साथै कन्टेनले ध्यान तान्यो । 

यसको दोस्रो सिरिजको काम सुरु भइसकेको छ । हाल प्रि प्रोडक्सनमा रहेको सिरिज ‘पाताल लोक २’ का लागि अभिनेता  जयदीप अहलावत राम्रो रकम असुलेका छन् । हाथीराम चौधरी नामक एक प्रहरीको भूमिकामा देखिएका उनको अभिनय निकै अब्बल थियो। जयदीपले अघिल्लो सिजनमा लिएको पारिश्रमिकको तुलनामा ५० गुणा धेरै पारिश्रमिक लिएको कुरा सार्वजनिक भएको छ । 

जयदीपले २०२० मा प्रदर्शनमा आएको सिरिजको पहिलो सिजनमा ४० लाख भारतीय रुपैयाँ पारिश्रमिकको रुपमा लिएका थिए । दोस्रो सिजनमा भने उनको पारिश्रमिक ५० गुणाले बढेको छ। यसमा उनले २० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने भएका छन्। क्लीन स्लेट फिल्म्सको प्रोडक्सनमा निर्माण भएको पाताल लोकको दोस्रो सिरिज २०२३ मा रिलिज हुने बताइएको छ। 

सिरिजमा जयदीपसँगै इश्वक सिंह, अभिशेक बेनर्जी, स्वस्तिका मुखर्जी, निहारिका ल्यारा दत्तलगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ४८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको