कर्णालीमा रासायनिक मल अभाव  | Khabarhub Khabarhub

कर्णालीमा रासायनिक मल अभाव 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । वर्षायाम सुरु  हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन् ।

कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ ।

विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको अभाव छ ।

दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ । चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ ।

युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ । अहिले कम्पनीसँग युरिया मल छैन ।

कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठलले गत मंसिरमै आएको ७३ टनपोटास मल ६३ टन विक्री भइसकेको बताए । ‘हामीसँग अहिले डीएपी र पोटास मलमात्र मौजदात छ,’उनले भने, ‘यसलाई समानुपातिक हिसाबले वितरण गरिरहेका छौँ । भारत सरकारले मल दिने भनिए पनि पछिल्लो समय नदिने भएपछि मल अभाव भएको छ । कम्पनीमा मल आउने नआउने विषय निश्चित पनि छैन ।’

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुमबाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । कर्णालीमा युरिया मल बढी खपत भए पनि साबिक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ ।

साबिक भेरी अञ्चलका पाँच जिल्लामा भने रासायनिक मलको प्रयोग बढ्दै गएको प्रमुख श्रेष्ठले दाबी गरे । कर्णालीमा वितरण हुने मलमा कम्पनीले ७० र ३० प्रतिशत साल्ट ट्रेडिङ्ग कर्पोरशनले वितरण गर्दै आएको छ । हाल साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : १७ बजे

म्याग्दीको दरबाङ सडक कालोपत्र

गलेश्वर– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल

देउवाको तर्क- ओलीले गिरीबन्धु टि-स्टेटको जग्गाबारे आफूले निर्णय गरेर कांग्रेसमाथि आरोप लगाए 

काठमाडौंं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि-स्टेटको जग्गाबारे नेकपा

कांग्रेससँग जुटेन सहमति, संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक

ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरोध गरेको छ ।