अमेरिकामा नेपाली टोली : पहिलो अभ्यास खेलमा पराजित « Khabarhub

अमेरिकामा नेपाली टोली : पहिलो अभ्यास खेलमा पराजित


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम बिहीबार पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

अल स्टार्सको जितमा विमुल शर्माले ५० र गौरव बजाजले अविजित ४० रन जोडे । विपुलले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दा गौरवले ५८ बलमा दुई चौका प्रहार गरे । विपुल र गौरवले छैटौं विकेटका लागि ८३ रनको साझेदारीसहित अल स्टार्सलाई सहज जित दिलाएका थिए ।

नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ४९ रन खर्चदै पाँच विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको योगफल तयार पारेको थियो ।

नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौका मद्दतमा ६० जोडे ।

नेपालले क्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको समना गर्नेछ ।

ओमान तालिकाको शीर्ष स्थानमा छ भने नेपाल छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : ३८ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर