श्रमिक प्रतिनिधिबाटै श्रमिक नीति बनाउनुपर्छ | Khabarhub Khabarhub

श्रमिक प्रतिनिधिबाटै श्रमिक नीति बनाउनुपर्छ

‘कुलीन वर्गले श्रम नीति बनाएर धनी वर्गलाई फाइदा भइरहेको छ’



मान्छेहरुलाई सबैभन्दा प्यारो लाग्ने आफ्नो मातृभूमि हो । त्यही रम्न पाउनु, काम गर्न पाउनु, सबैसँग मिलीजुली बस्न पाउनु, भन्दा ठूलो स्वर्ग काहीँ पनि छैन । नेपालमा प्रजातन्त्र प्राप्तिपछि प्रजातन्त्र सिद्धान्त र कागजमा मात्र आयो । तर व्यवहारमा आएन ।

त्यसपछि मान्छेमा अन्याय भयो । अन्याय कसरी हुन्छ ? भने अन्य चार वटा कुरामा हुन्छ । एउटा अन्याय कसरी हुन्छ भने राज्यका स्रोत साधनहरु सबैलाई समानुपातिक रुपले वितरण गरिएन भने त्यहाँबाट अन्याय सुरुवात हुन्छ ।

अर्को अन्याय मान्छेको आफ्नो पहिचान, स्वाभिमान र स्वतन्त्रता पहिचान गर्न सकिएन र सम्प्रेषण र अप्रेषण गर्न थाल्यो भने मान्छे आफूलाई अन्याय भएको अनुभूति गर्छ र आफ्नो पहिचान नभएपछि मान्छे आत्तिन्छ ।

तेस्रो कुरा के हो भने दलीय व्यवस्थामा दलभित्र पनि गुट उपगुटले गर्दा नीति निर्माण गर्ने र निर्णय दिने सरकारी अथवा संस्थागत अंगहरुमा सहभागितामूलक, समतामूलक समावेशिता भएन । मान्छेहरुले आफ्नो आवाज, अधिकार उद्घोष गर्ने ठाउँ पाएन । चौथो कुरा संसारमा कोही मान्छे पनि अयोग्य हुँदैन ।

संस्कृतमा एउटा भनाई छ, ‘प्रत्येक अक्षरमा मन्त्र हुन्छ, प्रत्येक जडीबुटीमा औषधि गर्ने खुबी हुन्छ, अनि प्रत्येक व्यक्तिमा केही न केही गर्ने प्रतिभा हुन्छ ।’

तर त्यो अक्षर के हो ? जडीबुटीमा के औषधि छ ? व्यक्तिको प्रतिभा के हो ? खुबी के हो ? बुझ्नु पर्छ । तर त्यसलाई सहजीकरण गर्ने परिवार, समाज, राष्ट्रमा अभिभावक भएन । यसकारणले गर्दा मान्छे विदेशतिर जान्छन् ।

मार्थनूज्म र अमर्थसेनको भाषामा यसलाई ‘क्यपाबिलिटि’ भनिन्छ । यो चार वटा कम्पोनेन्ट, “डिस्टव्यूटल जस्टिक” जोनरलको कुरा हो । ‘रिकगनिसन’ भनेको आईरिसियोङ र म्यान्सी फे्रजरको हो । पार्टिसिपेटरी प्यारिटी भनेको म्याथको ‘एक्सल’ हो । मार्थनुज्म भनेर अमर्थसेनले यी चारवटा कुरा भएन भने मान्छेलाई कहीँ बस्न रहन मिल्दैन भनेको छ । अनि यी कारणले गर्दा मान्छेहरु बिदेसिँदै गएका छन् ।

मैलै सनसेट यूनिभर्सिटिले माइगे्रसनका ‘मल्टिपल स्टडी आस्पेक्ट’ अध्ययन गर्ने मौका पाए । साहित्यले कसरी माईग्रेट पिपुललाई सचेत गराएको छ भन्ने शीर्षकमा नेपालीमा लेखेको साहित्य अध्ययन गर्दा रिपोर्ट दिने जिम्मा मलाई दिएकाले मैले धेरै किताब अध्ययन गरे ।

आर्टिकलहरु अध्ययन गरे । जनक सापकोटाको यथार्थ घटना ‘कहर’ पढे । जनकको अर्को दुःखदेखी दुःखसम्म यो एकदमै दिल छुने खालको छ । उमा सुवेदीले इजरायलमा काम गर्ने महिलाकोहरुको बारेमा ‘तोदा’, त्यस्तै अखण्ड भण्डारीको ‘मलय एक्सप्रेस’, कृष्ण धारावासीको ‘शरणार्थी’ । अर्को हामीले सबैले पढेको ‘बसाई’ । त्यस्तै अंग्रेजीमा जोन स्टीनबेगको ‘ग्रेब्स अफ रथ’ ।

यसमा जब मान्छेलाई यी चार वटा कुराहरू वितरण, पहिचान, समानतामूलक सहभागिता, क्षमताको कार्य भएन भने मान्छे स्थान विहीन हुन्छ भन्ने उल्लेख गरेको छ । स्थान विहीन भयो भने मान्छे ‘मोबाइल माइग्रेन’ हुन्छ । मोबाइल माइग्रेन भयो भने मान्छे मताधिकार हुन्छ । मत दिने अधिकार भनेको मान्छेको आवाज दिने अधिकार हो ।

यो नभए मान्छेसँग मान्छे त हुन्छ तर हड्डी र मासुको थुप्रो मात्र हुन्छ, त्योसँग प्राण हुँदैन । मान्छेको प्राण भनेको नै उसको पहिचान हो । प्राण नभए पछि मान्छे श्रमिक हुन्छ ।

अहिले नेपालमा श्रमिकको नाममा काम गर्ने विभिन्न संघ संस्थाहरु छन् । तर मैले के पाए भए भने जुनसुकै संस्थाहरुमा उच्च कुलीन खान्दानी मानसिकताले काम गरेको पाएँ । हाम्रो श्रमिकको नाममा काम गर्ने संस्थाहरुमा तीन खालका ‘एल्टिज’  छ । एउटा के हो भने श्रमिकको बारेमा नीति निर्माण गर्नेहरु सम्पन्न वर्गका छन् ।

श्रमिकको बोरेमा पाँचतारे होटेलमा गोष्ठी सेमिनार गर्छन् । तर फिल्डमा श्रमिकको बारेमा काम गर्दैनन् । ‘एलिथिस्ट’हरुलाई फाइदा हुने आइडियोलोजी थुपारेका छन् । अर्को ‘ईम्प्याक्ट ईल्टिज्म’ छ । झन् यस्ता नीतिहरुले बिदेसिने मान्छेको प्रवाहलाई रोक्नुको सट्टा बाहिर जाने संख्या दिन दिनै बढेको छ । यस्तो खालको ईल्टिज्म छ ।

हामीले गर्नुपर्ने तीन वटा कामहरु छन् । पहिलो श्रमिकको नीति निर्माण गर्ने कार्यमा श्रमिककै प्रतिनिधिलाई समावेश गराउनु पर्छ । दोस्रो भौगोलिक समानता हुनुपर्छ । संसारको जुन कुनामा बसे पनि आफ्नो अधिकार प्रयोग गर्ने । अर्को सामाजिक समानता भनेको समाजमा धर्म, जात, लिंग, रंगको आधारमा विभेद गर्नु हुँदैन ।

यी तीन कुरामा समानता भयो भने राज्यलाई चाहिने न्याय वितरण लागु गराउन सकिन्छ होला । यस्तो कुरामा मान्यता दियो, सहभागितामा समानता गरायो, सक्षमता बनायो भने मात्रै यसमा केही उद्धार हुन्छ ।

त्यसैले हाम्रा आवाजहरु यी तीन समतातीर बुलन्द हुनुपर्छ । अहिले भइदियो के भने अंग्रेजीमा एउटा भनाई छ, ‘सोल्जर विन द ब्याटल, जनरल गेट द मेडल’ भन्ने भनाई जस्तै भएको छ ।

काम गर्ने श्रमिक हो र उसका बारेमा नीति बन्छ । तर यसको फाइदा कसले लिइरहेको छ भने त्यही धनी वर्गले लिइरहेको छ । यदि हामी श्रमिकको काम गर्ने हो भने लेवरका मर्म, कर्म, धर्मलाई आत्मसात् गर्दै एकताबद्ध भएर आवाज बुलन्द गर्‍यो भने परिवर्तन होला । होइन भने समय, पैसा र दिमागको बरबादी मात्रै हुनेछ ।

(प्रस्तुती : पासाङ लामा ह्योल्मो)

https://www.facebook.com/watch/?v=1107023926544033

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १२ : ०९ बजे

आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माओवादी अध्यक्ष प्रचण्डबाट श्रमिक दिवसको शुभकामना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक

भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय

बैतडी– राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहमा

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर– हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको मकवानपुरको राक्सिराङ

मुलुकको विकासमा श्रमिकहरूको योगदान अतुलनीय : उपराष्ट्रपति 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण