जनार्दनको पत्रकार सम्मेलनमा राम कार्की उपस्थित हुने, सुदन किराती नजाने « Khabarhub

जनार्दनको पत्रकार सम्मेलनमा राम कार्की उपस्थित हुने, सुदन किराती नजाने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट बिदा हुन लागेका नेता जनार्दन शर्माले मंगलबार गर्न लागेको पत्रकार सम्मेलनमा उनका विश्वासपात्र सुदन किराती नजाने भएका छन्।

केही आन्तरिक कारणले आफू पत्रकार सम्मेलनमा उपस्थित हुन नसक्ने सुदनले खबरहबलाई बताएका छन्।

यता माओवादी पार्टीका पूर्वसचिव राम कार्की भने जनार्दनको पत्रकार सम्मेलनमा उपस्थित हुने भएका छन् ।

‘आज हामी पत्रकार सम्मेलन गरेर आफ्ना केही अवधारणा सार्वजनिक गर्न लागेका छौँ’, कार्कीले खबरहबलाई भने, ‘अरू साथीहरू पनि जोडिँदै गर्नुहुन्छ, म चाहिँ आज जान्छु ।’

सुदनले भने जनार्दनले उठाएको मुद्दा र कुरालाई समर्थन गरेको तर व्यक्तिगत कारणले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको बताए ।

‘जनार्दन दाइले उठाउनु भएको मुद्दा र विषय मेरो पनि हो तर आज व्यक्तिगत कारणले म पत्रकार सम्मेलनमा उपस्थित हुन सकिन’, सुदनले भने,‘कुनै हालतमा अहिले मिल्न लागेका दलहरूसँग हामी जाँदैनौँ । हामीलाई अर्को पसल थाप्नु पनि छैन, सबैको सहमति र सल्लाहअनुसार एउटा नयाँ निचोड निकाल्छौँ।’

उनले अहिले असन्तुष्ट रहेका सम्पूर्ण पक्षहरूसँग आफूहरू वार्तामा रहेको कुरा स्वीकार गरेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ५४ बजे

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ