मान्छेहरुलाई सबैभन्दा प्यारो लाग्ने आफ्नो मातृभूमि हो । त्यही रम्न पाउनु, काम गर्न पाउनु, सबैसँग मिलीजुली बस्न पाउनु, भन्दा ठूलो स्वर्ग काहीँ पनि छैन । नेपालमा प्रजातन्त्र प्राप्तिपछि प्रजातन्त्र सिद्धान्त र कागजमा मात्र आयो । तर व्यवहारमा आएन ।
त्यसपछि मान्छेमा अन्याय भयो । अन्याय कसरी हुन्छ ? भने अन्य चार वटा कुरामा हुन्छ । एउटा अन्याय कसरी हुन्छ भने राज्यका स्रोत साधनहरु सबैलाई समानुपातिक रुपले वितरण गरिएन भने त्यहाँबाट अन्याय सुरुवात हुन्छ ।
अर्को अन्याय मान्छेको आफ्नो पहिचान, स्वाभिमान र स्वतन्त्रता पहिचान गर्न सकिएन र सम्प्रेषण र अप्रेषण गर्न थाल्यो भने मान्छे आफूलाई अन्याय भएको अनुभूति गर्छ र आफ्नो पहिचान नभएपछि मान्छे आत्तिन्छ ।
तेस्रो कुरा के हो भने दलीय व्यवस्थामा दलभित्र पनि गुट उपगुटले गर्दा नीति निर्माण गर्ने र निर्णय दिने सरकारी अथवा संस्थागत अंगहरुमा सहभागितामूलक, समतामूलक समावेशिता भएन । मान्छेहरुले आफ्नो आवाज, अधिकार उद्घोष गर्ने ठाउँ पाएन । चौथो कुरा संसारमा कोही मान्छे पनि अयोग्य हुँदैन ।
संस्कृतमा एउटा भनाई छ, ‘प्रत्येक अक्षरमा मन्त्र हुन्छ, प्रत्येक जडीबुटीमा औषधि गर्ने खुबी हुन्छ, अनि प्रत्येक व्यक्तिमा केही न केही गर्ने प्रतिभा हुन्छ ।’
तर त्यो अक्षर के हो ? जडीबुटीमा के औषधि छ ? व्यक्तिको प्रतिभा के हो ? खुबी के हो ? बुझ्नु पर्छ । तर त्यसलाई सहजीकरण गर्ने परिवार, समाज, राष्ट्रमा अभिभावक भएन । यसकारणले गर्दा मान्छे विदेशतिर जान्छन् ।
मार्थनूज्म र अमर्थसेनको भाषामा यसलाई ‘क्यपाबिलिटि’ भनिन्छ । यो चार वटा कम्पोनेन्ट, “डिस्टव्यूटल जस्टिक” जोनरलको कुरा हो । ‘रिकगनिसन’ भनेको आईरिसियोङ र म्यान्सी फे्रजरको हो । पार्टिसिपेटरी प्यारिटी भनेको म्याथको ‘एक्सल’ हो । मार्थनुज्म भनेर अमर्थसेनले यी चारवटा कुरा भएन भने मान्छेलाई कहीँ बस्न रहन मिल्दैन भनेको छ । अनि यी कारणले गर्दा मान्छेहरु बिदेसिँदै गएका छन् ।
मैलै सनसेट यूनिभर्सिटिले माइगे्रसनका ‘मल्टिपल स्टडी आस्पेक्ट’ अध्ययन गर्ने मौका पाए । साहित्यले कसरी माईग्रेट पिपुललाई सचेत गराएको छ भन्ने शीर्षकमा नेपालीमा लेखेको साहित्य अध्ययन गर्दा रिपोर्ट दिने जिम्मा मलाई दिएकाले मैले धेरै किताब अध्ययन गरे ।
आर्टिकलहरु अध्ययन गरे । जनक सापकोटाको यथार्थ घटना ‘कहर’ पढे । जनकको अर्को दुःखदेखी दुःखसम्म यो एकदमै दिल छुने खालको छ । उमा सुवेदीले इजरायलमा काम गर्ने महिलाकोहरुको बारेमा ‘तोदा’, त्यस्तै अखण्ड भण्डारीको ‘मलय एक्सप्रेस’, कृष्ण धारावासीको ‘शरणार्थी’ । अर्को हामीले सबैले पढेको ‘बसाई’ । त्यस्तै अंग्रेजीमा जोन स्टीनबेगको ‘ग्रेब्स अफ रथ’ ।
यसमा जब मान्छेलाई यी चार वटा कुराहरू वितरण, पहिचान, समानतामूलक सहभागिता, क्षमताको कार्य भएन भने मान्छे स्थान विहीन हुन्छ भन्ने उल्लेख गरेको छ । स्थान विहीन भयो भने मान्छे ‘मोबाइल माइग्रेन’ हुन्छ । मोबाइल माइग्रेन भयो भने मान्छे मताधिकार हुन्छ । मत दिने अधिकार भनेको मान्छेको आवाज दिने अधिकार हो ।
यो नभए मान्छेसँग मान्छे त हुन्छ तर हड्डी र मासुको थुप्रो मात्र हुन्छ, त्योसँग प्राण हुँदैन । मान्छेको प्राण भनेको नै उसको पहिचान हो । प्राण नभए पछि मान्छे श्रमिक हुन्छ ।
अहिले नेपालमा श्रमिकको नाममा काम गर्ने विभिन्न संघ संस्थाहरु छन् । तर मैले के पाए भए भने जुनसुकै संस्थाहरुमा उच्च कुलीन खान्दानी मानसिकताले काम गरेको पाएँ । हाम्रो श्रमिकको नाममा काम गर्ने संस्थाहरुमा तीन खालका ‘एल्टिज’ छ । एउटा के हो भने श्रमिकको बारेमा नीति निर्माण गर्नेहरु सम्पन्न वर्गका छन् ।
श्रमिकको बोरेमा पाँचतारे होटेलमा गोष्ठी सेमिनार गर्छन् । तर फिल्डमा श्रमिकको बारेमा काम गर्दैनन् । ‘एलिथिस्ट’हरुलाई फाइदा हुने आइडियोलोजी थुपारेका छन् । अर्को ‘ईम्प्याक्ट ईल्टिज्म’ छ । झन् यस्ता नीतिहरुले बिदेसिने मान्छेको प्रवाहलाई रोक्नुको सट्टा बाहिर जाने संख्या दिन दिनै बढेको छ । यस्तो खालको ईल्टिज्म छ ।
हामीले गर्नुपर्ने तीन वटा कामहरु छन् । पहिलो श्रमिकको नीति निर्माण गर्ने कार्यमा श्रमिककै प्रतिनिधिलाई समावेश गराउनु पर्छ । दोस्रो भौगोलिक समानता हुनुपर्छ । संसारको जुन कुनामा बसे पनि आफ्नो अधिकार प्रयोग गर्ने । अर्को सामाजिक समानता भनेको समाजमा धर्म, जात, लिंग, रंगको आधारमा विभेद गर्नु हुँदैन ।
यी तीन कुरामा समानता भयो भने राज्यलाई चाहिने न्याय वितरण लागु गराउन सकिन्छ होला । यस्तो कुरामा मान्यता दियो, सहभागितामा समानता गरायो, सक्षमता बनायो भने मात्रै यसमा केही उद्धार हुन्छ ।
त्यसैले हाम्रा आवाजहरु यी तीन समतातीर बुलन्द हुनुपर्छ । अहिले भइदियो के भने अंग्रेजीमा एउटा भनाई छ, ‘सोल्जर विन द ब्याटल, जनरल गेट द मेडल’ भन्ने भनाई जस्तै भएको छ ।
काम गर्ने श्रमिक हो र उसका बारेमा नीति बन्छ । तर यसको फाइदा कसले लिइरहेको छ भने त्यही धनी वर्गले लिइरहेको छ । यदि हामी श्रमिकको काम गर्ने हो भने लेवरका मर्म, कर्म, धर्मलाई आत्मसात् गर्दै एकताबद्ध भएर आवाज बुलन्द गर्यो भने परिवर्तन होला । होइन भने समय, पैसा र दिमागको बरबादी मात्रै हुनेछ ।
(प्रस्तुती : पासाङ लामा ह्योल्मो)
https://www.facebook.com/watch/?v=1107023926544033
प्रतिक्रिया