नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई « Khabarhub

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास जनाउँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

महासंघका कुल ११८ प्रतिनिधिमध्ये ४० जना प्रतिनिधिले तत्कालीन अध्यक्ष हेराकाजी महर्जन र महासचिव धर्मबहादुर लामाविरुद्ध विभिन्न आरोपसहित अविश्वास प्रस्ताव दर्ता गरेका थिए। विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि पुरानो कार्यसमिति विघटन गर्दै नयाँ नेतृत्व चयन गरिएको हो।

प्रतिनिधिले महासंघ नेतृत्वमाथि नियमित साधारणसभा आयोजना नगरेको, आर्थिक पारदर्शिता कायम गर्न नसकेको, महासंघको नाममा करिब ५४ लाख रुपैयाँ बेरुजुको भार सिर्जना गरेको, खेल प्रशासनमा गैरजिम्मेवारी प्रदर्शन गरेको लगायतका आरोप लगाएका छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण प्रतियोगिता बुद्धिचाल ओलम्पियाड जस्तो प्रतिष्ठित खेलमा नेपाल सहभागी हुनबाट वञ्चित हुनुमा नेतृत्वको गैरजिम्मेवारी रहेको आरोपसमेत उठाइएको छ। खेलाडीको हकहित संरक्षण तथा विकासका लागि महासंघले गर्नुपर्ने आवश्यक काम नगरेको, आवाज उठाउने खेलाडी तथा पदाधिकारीलाई डर–धम्की दिने गरेको, साथै महासंघको नाम जोडिएर मानव तस्करीजस्तो गम्भीर आरोपसमेत लागेकाले नेतृत्वमाथि विश्वास कायम रहन नसकेको प्रतिनिधिहरूको भनाइ रहेको छ ।

साधारणसभाले बहुमत सदस्यको मागका आधारमा पुरानो कार्यसमिति भंग गर्दै ९० दिनभित्र महासंघको नियमित १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको नवनिर्वाचित महासचिव धनबहादुर बोगटीले जानकारी दिए।

विशेष साधारणसभाबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको नेतृत्व दिपेन राईले गर्नेछन्।

वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, उपाध्यक्ष विश्व विजय घिमिरे, अर्का उपाध्यक्ष ताराबहादुर रानाभाट, महासचिव धनबहादुर बोगटी, उप–महासचिव विजयवोध लावती, कोषाध्यक्ष वीरबहादुर रावत बनेका छन् ।

सदस्यमा कुस्माकर काफ्ले, उमेश शाह साना, भगवती अधिकारी, दिनेश थापा, दीर्घराज अधिकारी, धर्मी खड्का, सबिना लामगाडे, टिकादेवी भण्डारी, लक्ष्मी कन्दङ्वा र अञ्जु शाह सर्वसम्मत निर्वचित भएका छन्।

नयाँ कार्यसमितिले संस्थागत सुधार, आर्थिक पारदर्शिता, खेलाडीमैत्री वातावरण निर्माण, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, तथा महासंघको नियमित गतिविधिलाई संस्थागत रुपमा प्रभावकारी बनाउने प्रतिबद्धतासहित आगामी ९० दिनभित्र नियमित साधारणसभा सम्पन्न गर्ने निर्णय गरिएको नेपाल बुद्धिचाल महासंघले जनाएको छ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ७ : २६ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको