केरुङबाट पेट्रोलियम पदार्थ आयात गरौँ, त्रिशूलीमा पाइपलाइन बिछ्याउँ : शेरबहादुर तामाङ « Khabarhub

केरुङबाट पेट्रोलियम पदार्थ आयात गरौँ, त्रिशूलीमा पाइपलाइन बिछ्याउँ : शेरबहादुर तामाङ


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशूली नदीमा पाइपलाइन बिछ्याउ प्रस्ताव गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशूली नदीमा पाइपलाइन बिछ्याउ आग्रह गरेका हुन् । 

‘तेल केरुङबाट ल्याउने विषयमा अध्ययन भएको छ ? केरुङमाथि छ, तल त्रिशूली नदी छ । पाइपलाइन ओछ्याऔँ, रेलबाट केरुङसम्म आएको तेल ल्याऊँ । त्रिशूलीमा भण्डारण बनाऊँ,’ भन्दै उनले भने, ‘नेपालको परलमूल्यका ५० प्रतिशत घटाउन सकिन्छ । अहिलेको ५/१० मूल्य घटाएर र बढाएर समाधान दिँदैन । दीर्घकालीन समाधान खोजौँ ।’

पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ बढाउँदा प्रति नागरिकको ३०० रुपैयाँसम्म खर्च बढ्ने भन्दै उनले अहिले हजारौँ रुपैयाँ खर्च बढेसँगै जनजिविका कष्टकर बनेको बताए । 

उक्त प्रस्तावमाथि बोलेका सबै सांसदले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नसकेको आरोप लगाएका छन् । मूल्यवृद्धिका कारण जनता मारमा परेको उनीहरूले बताए । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १ : ३८ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित