रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय « Khabarhub

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अनुसार नै सरुवा प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए।

शमाका अनुसार लामिछानेको लिखित मन्जुरीअनुसार नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरी रुपन्देही कारागारलाई पत्राचार गरिसकीएको छ। अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण प्रक्रिया अघि बढाउनेछन्।

हाल पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेले यसअघि नै नख्खु कारागारमा सरुवा गर्न निवेदन दिएका थिए ।

गृहमन्त्री रमेश लेखकले बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा लामिछानेको कारागार सरुवा प्रक्रिया भइरहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ०३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले