साहसिक र सफल विश्व साइकल यात्री पुष्कर शाह | Khabarhub Khabarhub

साहसिक र सफल विश्व साइकल यात्री पुष्कर शाह

काठमाडौँको विशाल साइकल यात्रामा विशेष आह्वान



काठमाडौँ- पुष्कर शाह । नेपालमा साइकलको अर्को नाम । यति मात्रै भन्दा पुष्करलाई अन्याय हुन्छ । उनी विश्व साइकल यात्रीका नामले परिचित छन् । विश्व अर्थात् यो संसारलाई साइकलमा पाँच फन्को लगाएका पुष्कर यही कारण नेपालमा साइकलको अर्को नाम बनेका हुन् ।

विश्वलाई साढे पाँच फन्को लगाएका उनले सगरमाथाको शिखरमा पुगेका छन् । त्यसयता उनी लगातार साइकल अभियन्ताका रुपमा परिचित छन् ।

साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा शान्तिको सन्देश फैलाउँदै उनले नेपाल चिनाएका थिए । जसले नेपाल चिनाउन नेपाली झण्डा बोकेर दुई लाख एक्काइस हजार किलोमिटरको यात्रा साइकलमा गरेका छन् । विश्वको चार हजार पन्ध्र दिनको साइकल यात्रामा गरेका उनी आज पर्यन्त साइकल अभियन्ताका सर्वोच्च पुरुष हुन् ।

प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा घाइते
पुष्कर शाह प्रजातन्त्र पुनःस्थापना आन्दोलनमा घाइते भएका परिवर्तनका पक्षधर पनि हुन् । उनले त्यो बेला कुनै राजनीतिक दलको तर्फबाट नभएर स्वतन्त्रबाट आन्दोलनमा होमिएका थिए ।

दोलखाको सामान्य परिवारमा जन्मिएका पुष्कर शाह एसएलसी सकेर उच्च शिक्षाको अध्ययनका लागि काठमाडौँ आएका हुन् । त्यही बेला उनमा साइकल यात्री तथा विश्व साइकल यात्रा गर्ने रहर बढेको थियो ।

त्यही हुटहुटीले विश्व साइकल यात्रामा निस्किएका उनले अरुले सजिलै प्राप्त गर्न नसक्ने सफलता र अनुभव हात पारेका थिए । आफ्नो छुट्टै र आकर्षक परिचय बनाएका थिए । जुन उनको नामको अगाडि साहसिक व्यक्तिको उपमा थपिएको थियो ।

एक दशक लामो विश्व साइकल यात्रा थाल्नुअघि पुष्करलाई आमाले एक सय रुपैयाँ दिएकी थिइन् । अनि एक जना अभिनेत्रीले साइकल किनेर उपहार दिएकी थिइन् । उनले त्यहाँबाट विश्व साइकल यात्रा सुरु गरेका थिए । नेपालबाट सुरु भएको उनको विश्व साइकल यात्रा उनले १ सय ५० वटा देशको यात्रा गरेर सम्पन्न भयो ।

आफ्नो विश्व साइकल यात्राको बारेमा उनले सविस्तार पुस्तकमा पनि लेखेका छन् । उनको पुस्तकमा यात्राको बारेमा उनले ११ वर्ष साइकल यात्रा तथा सगरमाथा आरोहणका सबै उतार–चढाव, सुख–दुःख तथा आरोह–अवरोहरु विस्तृतमा समेटेका छन् ।

हिमालको चिसोदेखि लिएर मरुभूमिको तातो तापक्रममा दौडिएका क्षणहरु अझै अविष्मरणीय रहेको उनी बताउँछन् । उनले यात्राका क्रममा सडकका फुटपाथमा निदाएको थुप्रै भोगाइ उल्लेख गरेका छन् ।

कैयौँ रातहरु सडकमा मात्रै होइन पाँच तारे होटलमा बिताएको पनि याद छ, उनलाई । अफ्रिकामा लुटिएको क्षण देखि मेक्सिकोमा अपहरणमा परेका कठिन क्षणहरू पनि उनले उल्लेख गरेका छन् ।

उनले आफ्नो ११ वर्षको साइकल यात्राको अभियानमा कैयौँ यात्रामा आरोह अवरोह भोगेको बताउँछन । उनले आफ्नो पुस्तकमा भोगेको रोचक विषयलाई समेटेको बताउँछन ।

‘संसारका १५० देश घुमियो । ती देशको सम्झना अझै मेरो मन र मष्तिकमा घुमिरहेको हुन्छ,’ उनले आफ्नो यात्रा अनुभव सुनाउँदै भने ।यात्रामा विवाह प्रस्ताव राखेका घटनादेखी अपहरण र कैयाँपटक लुटिएको घटना पनि आफूसँग ताजा रहेको पुष्कर बताउँछन् ।

शाहले आफ्नो पुस्तकमा यात्राका भएका अनुभव तितामिठा घटना तथा त्यसमा आफूले अनुभव गरेको विषयमा लेखेका छन् । उनले यात्रामा नरमाइलो लागेका देशसँगै असाध्यै रमाइलो लागेका देशहरुको बारेमा जानकारी दिएका छन् ।

पुष्कर शाहले यात्रा सुरुवातका दिनमा साइकल यात्राको क्रममा धेरैले दिल्ली पुगेर फर्कन्छ भनेर भनेकोमा त्यसलाई असत्य सावित गर्दै विश्वलाई नै साढे पाँच फन्को लगाएर यात्रा गरेपछि धेरै जना आश्चर्यचकित भएका छन् ।

यो यात्रापछि आफूलाई जसरी हेरिन्छ, त्यो अनुभूति आनन्ददायी रहेको उनी बताउँछन् । भन्छन, ‘संसार बुझ्नलाई एउटा जिन्दगी काफी छैन । यो काफी हुदैन पनि ।’

उनको बिहानीको यात्रा साइकलबाट सुरु हुन्छ । नेपालका लागि साइकल यात्री तथा सामाजिक अभियन्ताका रुपमा परिचित शाहले धेरैजसो साइकल यात्रीसँग सम्बन्ध पनि बनाएका छन् ।

उनीसँग साइकल यात्रा गर्न धेरैलाई रहर हुन्छ । धेरैलाई प्रेरणा र सफलताको पर्यायका रुपमा पनि उनी चिनिन्छन् । जसको हरेक दिन बिहान झिसमिसेमा साइकलको प्याडलबाट दिनको सुरुवात गर्छन ।

पछिल्लो समय उनी पर्यटन प्रवद्र्धनमा पनि त्यत्तिकै सक्रिय छन् । उनले नेपालका सुन्दर हिमाली पृष्ठभूमिका पहाडी क्षेत्रमा विश्वस्तरीय माउन्टेन बाइकिङ पर्यटन सम्भावना देखाएका छन् । जहाँ उनले पहिले साइकल यात्रा गरेका थिए । अहिले त्यहाँ बाइक यात्रा हुने गरेको छ ।

नेपालमा ‘माउन्टेन बाइकिङ’ क्षेत्रमा शाहले धेरैलाई हौसला दिएका छन् । साइकल चढ्न उनी आह्वान पनि गर्छन । अहिलेको काठमाडौँको समस्या विषाक्त वायु प्रदुषण, ध्वनी प्रदुषण, भयाभह सडक दुर्घटना, विकराल ट्राफिक जाम यी यावत समस्याले चिन्तित छन्, शाह ।

भन्छन्, ‘हाम्रो यी सबै समस्याको समाधान लागि सहरमा साइकल संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । समयको अहिलेको माग पनि यही हो ।’ उनले भनेजस्तै नेपालका सडक साइकल–अनुकूल छैनन् । कार–अनुकूल हुने गरी सडक निर्माण गरिएका छन् । यसलाई साइकलमैत्री सडक बनाउन आवश्यक छ ।

काठमाडौँको समस्या भयाभह सडक दुर्घटना, विकराल ट्राफिक जाम लगायतका सबै समस्याको समाधान लागि सहरमा साइकल संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता छ । यसमा सरोकारवाला सबै अग्रसर भएर लाग्न आवश्यक रहेको उनको जोड छ ।

 साइकल दिवसमा विशेष आह्वान
विश्व वातावरण दिवस तथा विश्व साइकल दिवसका अवसरमा हामी सबैले सहभागिता र सबैले साइकल कल्चरलाई जीवनमा पनि उपयोग गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

काठमाडौं महानगर लगायत उपत्यकाको ट्राफिक समस्या बढ्दो पेट्रोलियम पदार्थको मुल्य वृद्धि तथा काठमाडौँ बासीमा शारीरिक रूपले व्यायामको कमी तथा स्वच्छ जीवन निर्वाह गर्न अहिले साइकल संस्कृतिको आवश्यकता रहेको उनको भनाई छ ।

‘साइकल मैत्री सहरको लागि एउटा आन्दोलनमा यहाँको पनि केही प्याडलहरुको वा केही साइकलहरुको आवश्यकता हुन्छ । शहरलाई स्वस्थ बनाउन शहरलाई सुन्दर बनाउने आन्दोलन हो’ उनले भने, ‘यो साइकल र्‍याली मात्र होइन । साइकल मैत्री शहरको परिकल्पनामा तपाईंको एउटा प्याडलिङले तपाईंको एउटा साइकलले आन्दोलनलाई थप सुन्दरता दिने तथा थप उचाइमा पुर्‍याउने छ । यसको उचाइ यसको गोलार्द्ध साइकल संस्कृतिको परिधि अझ फराकिलो अझै उचाइमा पुग्ने छ ।’

साथै विश्व साइकल दिवसका दिन हुने विशेष कार्यक्रममा सबैको सहभागिताका लागि पनि अुनरोध गरेका छन् । ‘सम्पूर्ण शहरभरिका देशभरिका अन्य साइकलयात्री तथा अन्य सबैको सहभागिताको आशा गर्छौ’ उनले आह्वानमा भनेका छन्, ‘साइकल छैन भनेपनि आन्दोलनमा सहभागिताको आशा तथा अपेक्षा गर्छौ ।’

विश्व वातावरण दिवस तथा विश्व साइकल दिवसका दिन खबरहबले विशेष साइकल यात्राको कार्यक्रम आयोजना गरेको छ । यस्ता कार्यक्रममार्फत साइकल संस्कृतिको विकास गर्न वातावरण सफा राख्नका लागि जनचेतना वृद्धि हुनेमा उनको जोड छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : १८ बजे

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा