जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात « Khabarhub

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए । 

प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बडुले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भएको बताए । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ तथा ४ लाख ७८ हजार मेट्रिक टन एलपी ग्यास खरिद गरिएको थियो । र सो बापत इण्डिय आयल कर्पोरेसनलाई एक खर्ब ५८ अर्ब भुक्तानी गरेको थियो ।  

चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्ममा करिब दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भइसकेको मन्त्री बडूको भनाई छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्याशित वृद्धि भइरहेको कारण नेपालमा पनि बाध्यात्मक रूपमा मूल्य वृद्धि गर्नुपरिरहेको उनको भनाइ छ । 

नेपाल आयल निगमले १९ जेठमा पेट्रोल, डिजेल र मट्टीतेलको बिक्री मूल्यमा १० रुपैयाँ घटाएको थियो । उक्त मूल्य समायोजना गर्दा पनि पेट्रोल प्रति लिटरमा ४१.४० रूपैयाँ घाटा रहेको मन्त्री बडूले बताए । मासिक एक अर्ब ८३ करोड घाटा, डिजेलमा २८.३३ रुपैयाँ प्रति लिटर घाटा रहि मासिक तीन अर्ब ७३ करोड घाटा र एलपी ग्यासमा ७५१.१४ रुपैयाँ प्रतिसिलिन्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा रहेको उनको भनाइ छ । मट्टीतेल र हवाई इन्धनमा भने मासिक ६५ करोड नाफा रहेको उनले बताए ।

सबै नाफा घाटा मिलाउँदा हाल सात अर्ब १७ करोड रुपैयाँ घाटा रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भइसकेको छ । नेपाल आयल निगमले इण्डिय आयल कर्पोरेसनलाई सन् २०२२ जुन महिनाको पहिलो किस्ता वापत १६ अर्ब र बाँकी बक्यौता बराबर अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब आगामी सन् २०२२ जुन ८ तारिखसम्म भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : २७ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना