पार्टी फुटेपछि विप्लवको पार्टीले महाधिवेशनको मिति तोक्यो « Khabarhub

पार्टी फुटेपछि विप्लवको पार्टीले महाधिवेशनको मिति तोक्यो


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौँ महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । 

महाधिवेशन अघि ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । यसअघि गत फागुनमा नै महाधिवेशन गर्ने तयारी थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेपछि पार्टी विभाजन भएपछि महाधिवेशनको नयाँ मिति तय भएको हो । 

बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले पार्टी विभाजन गर्नेहरूलाई अराजकतावादीको संज्ञा दिए । हेमन्त प्रकाश ओली, खड्ग बहादुर विश्वकर्मा लगायतलाई उनले रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादीको आरोप लगाएका हुन् । महासचिव विप्लवले उनीहरूलाई पार्टीमा फर्किन समेत अनुरोध गरे । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ४ : ५६ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य