सच्चिएर पुरानै पार्टीमा फर्किन विप्लवको आह्वान « Khabarhub

सच्चिएर पुरानै पार्टीमा फर्किन विप्लवको आह्वान


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छन्।

८ औँ केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले आत्मसमीक्षा गर्दै सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका हुन्।

पार्टीभित्र रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाउँदै उनले पार्टी विभाजनअघि केही नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख गरे। हेमन्त प्रकाश ओली, खड्ग बहादुर विश्वकर्मा लगायतलाई उनले यस्तो आरोप लगाएका हुन् ।

त्यस्तै उनले माओवादी केन्द्रले पनि एकताको कुरा गरिरहेको भन्दै सुध्रिएर आए एकता हुनसक्ने धारणा राखे।

महासचिव चन्दले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए। विप्लवले पुँजीवादको विश्वबाट उन्मूलन, वैज्ञानिक साम्राज्यवादको निर्माण अहिलेको आवश्यकता रहेको र नेपालको सत्तालाई पनि जनताको सत्ताको रुपमा बदल्नु आवश्यक रहेको तर्क गरे।

त्यस्तै उनले सरकारले एमसीसी सम्झौता अनुमोदन गरेपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको बताए। विप्लवले पार्टीलाई एकतावद्ध गर्न १ देखि ८ असोजसम्म नवौँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। महाधिवेशनले पार्टीमा देखिएको सम्पूर्ण भ्रम चिर्ने दाबी गरे।

त्यस्तै नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ३७ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक