सेयर बजार निरन्तर ओरालो, नेप्से २१०० मुनि झर्‍यो   « Khabarhub

सेयर बजार निरन्तर ओरालो, नेप्से २१०० मुनि झर्‍यो  


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालो झरेको थियो ।  

बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजारको अन्तिममा नेप्से परिसूचक  २० सय ७१ अंकमा पुगेर बन्द भएको छ । बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमलव ४८ अंकमा पुगेको छ । नेप्सेमा ३८ लाख ४८ हजार ५०८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा शुक्रबार २२६ कम्पनी सेयर कारोबार हुँदा १९७ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन्। 

त्यस्तै ९ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ ।  सेयर बजारमा २ कम्पनीको बलेफी हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको  सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १५  रुपैयाँले बढेर १६८ रुपैयाँ पुगेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १५९ रुपैयाँ बढेर १७ सय ५७ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : २२ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।