बैंकिङ कसूर मुद्दाका फरार प्रतिपादी  पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिपादी  पक्राउ


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसूर मुद्दामा रु १६ लाख ५० हजार जरिवाना तोकिएर फरार रहेका खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राइलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित ग्लोबल आइएमई बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उक्त कसूरमा मुद्दा परेको थियो ।

उच्च अदालत पाटनको वैशाख ५ को फैसलाले राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र १६ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार बैंकिङ कसूर मुद्दाका फरार प्रतिपादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज काठमाडौँको चाबहिलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ४९ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा