मकवानपुरबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ « Khabarhub

मकवानपुरबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ बाट लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ५० किलो ४०० ग्राम गाँजासहित भारत बिहार सीतामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर १० थाना बेला घर भई हाल  महोत्तरीको औरही नगरपालिका वडा नम्बरसोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

बिहीबार साँझ साढे ६ बजे प्रहरीले नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई हेटौंडा–१ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डस्थित रोकी जाँच गर्दा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ५९ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको