वायुसेवा सञ्चालक संघको स्पष्टीकरण « Khabarhub

वायुसेवा सञ्चालक संघको स्पष्टीकरण


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वायुसेवा सञ्चालक संघ, नेपालले एकल इन्जिन भएका हेलिकप्टरहरुमा दुई पाइलट राख्नुपर्ने व्यवस्था उत्पादनकर्ताको डिजाइन, उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकूल हुने बताएको छ ।

संघका प्रवक्ता योगराज कँडेलले आज प्रकाशन गरेको विज्ञप्तिमा संघ तथा संघका सदस्य वायुसेवा कम्पनीहरू उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र सान्दर्भिक सुझावअनुसार नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरू पूर्ण पालनाका लागि संघ प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

यसै सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरी अध्ययन गरिरहेका अवस्थामा सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई उद्धृत गरी आज प्रकाशित ‘हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’ शीर्षकको समाचारको सो सङ्घले खण्डन गरेको छ ।

सो विज्ञप्तिमा भनिएको छ ‘हालका दिनहरूमा संघबाट भए गरेका कामहरूको केही सीमित व्यक्ति तथा समूहबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टीकाटिप्पणी गरी भ्रम फैलाउने कार्य भइरहेकाले संघको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरूमा विश्वास नगरिदिनुहुन सम्बन्धित सबैमा संघ अपिल गर्दछ ।’

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : १० बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा