तालिबानले काबुल कब्जा गर्ने बेला अफगान सैनिकहरु भागेर पाकिस्तान पुगेको खुलासा « Khabarhub

तालिबानले काबुल कब्जा गर्ने बेला अफगान सैनिकहरु भागेर पाकिस्तान पुगेको खुलासा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्ने बेला धेरै अफगान सैनिक भागेर पाकिस्तान प्रवेश गरेको खुलासा भएको छ ।

सीमाबारे अमेरिकी प्रतिवेदनमा गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानमा कारवाही गर्ने बेला धेरै अफगान सैनिक भागेर पाकिस्तान प्रवेश गरेको उल्लेख छ ।

उक्त प्रतिवेदनमा पाकिस्तान र इरानसँग जोडिएका सीमा नाका तालिबानले कब्जा गरेका कारण पनि तत्कालिन अफगान सरकार पतन भएको उल्लेख छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार प्रतिवेदनमा तालिबानले काबुल कब्जा गर्नु केही साताबाट नै अफगान सैनिकहरु भागेर पाकिस्तान जान थालेको उल्लेख छ ।

‘तालिबानले जिल्ला र प्रान्तीय राजधानीमा आक्रमणलाई तीव्रता दिएसँगै धेरै अफगान सैनिकहरु भागेर पाकिस्तान प्रवेश गरेका थिए ।’ प्रतिवेदनमा जनाइएको छ ।

यस्तै, संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार अगस्ट २०२१ र जनवरी २०२२ को बीचमा ३ लाख भन्दा धेरै अफगान नागरिकहरु शरणार्थीको रुपमा पाकिस्तान पुगेका थिए । यद्यपि यिनीहरुमध्ये कति जना सैनिक थिए भन्ने स्पष्ट नभएको बताइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : ५२ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक