भोट हाल्न खोटाङ हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेर « Khabarhub

भोट हाल्न खोटाङ हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेर


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरआमाको बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षकी तुलसा खड्कालाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै विरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानीमुद्दा दर्ता भएको हो। अभियुक्तविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसबि उमेश लम्सालले बताए ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै वृद्धा गत २६ वैशाखमा नातिसँग सुनसरीबाट खोटाङतर्फ हिँडेकी थिइन् । प्रहरीका अनुसार उनको बुधबार मात्र सनाखत भएको हो । गाउँ हिँडेकै दिनदेखि वृद्धा बेपत्ता बनेको भतिजेनी लक्ष्मी खड्काले बताइन् । 

वृद्धाको शव ३१ बैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोस्टमार्टम गरेको थियो । तर पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद गरिएको थियो ।

दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको लक्ष्मी बताउँछिन् । “गत वर्ष डेण्टलमा लगेर ठुलीआमाको दाँत हालिदिएको थिएँ । उहाँले रातो पारी भएको पहेँलो साडी र राधे लेखिएको गेरु रंगको कपडा ओढ्नु भएको थियो,” उनले भनिन्, “शव सडेर नचिनिने अवस्थामा भए पनि यही प्रमाणको आधारमा पहिचान गरेका हौँ । म घरमा नभएको बेला कोठाबाट हिँडाएछ । बेलुका घर आएर फोन गर्दा तीन घण्टी गयो र फोन काटियो ।” पारिवारिक बेमेल र हिंसा पीडित वृद्धालाइ लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् । 

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि उम्मेदवारहरुले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रायोजित गाडीमार्फत मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर आफू बिहेमा गएको बेलामा वृद्धालाइ मतदान गर्न गाउँ लैजाने बाहनामा बेपत्ता पारिएको लक्ष्मीको दावी छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : ३५ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन