विश्व साइकल दिवसको अवसरमा काठमाडौँमा साइक्लिङ भेला आयोजना गरिने « Khabarhub

विश्व साइकल दिवसको अवसरमा काठमाडौँमा साइक्लिङ भेला आयोजना गरिने


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना गरिने भएको छ ।

जेठ २१ गते (भोलि) दरबारमार्गमा साइकल तथा प्रकृतिप्रेमी सम्मिलित भेलालाई उपत्यकाका नगरप्रमुख तथा विज्ञहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित कार्यक्रमको सुरुवात पाटन दरबार क्वायर ललितपुरबाट साइक्लिस्टहरुको जमघट गरिने जनाइएको छ । बिहान ७ः३० बजेदेखि साइकल र्‍याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर, सुनधाराबाट अघि बढेर दरबारमार्गमा बिहान ८ बजेदेखि सभामा परिणत हुने छ । पैदल सडक प्रयोगकर्ता, सार्वजनिक सवारी साधन प्रयोगकर्ता तथा आम नागरिक समेत कार्यक्रममा सहभागी हुनेछन् । 

नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदुषण, व्यापार घाटा बढ्दै गइरहेको छ । आर्थिक संकटको भय देशमा व्याप्त छ । देशका सम्पदा सहरहरुलाई साइकल तथा पैदलमैत्री दिगो सहरका रुपमा विकास गर्न सार्वजनिक प्रतिवद्धताको शुभारम्भ स्वरुप यस कार्यक्रम आयोजना गर्न लागिएको हो । दरबारमार्गमा आयोजित भेलालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीका साथै कलाकार दयाहाङ राई, नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, अजय पण्डित क्षेत्री लगायतका व्यक्तिहरूले सम्बोधन गन कार्यक्रम रहेको छ । 

स्थानीय निर्वाचन अघि साइकल संस्कृति स्थापनार्थ त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसमा विशेष कार्यशालाको आयोजना गरि कीर्तिपुर साइकल घोषणापत्र २०७९ जारी गरेको थियो । त्यस लगत्तै उपत्यका भरिका नगरप्रमुख प्रत्यासी उम्मेदवारलाई काठमाडौँ दरबारमार्गमा भेला गरि साइकल तथा पैदलमैत्री दिगो सहरी विकासका लागि प्रतिवद्धता जनाउन विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त प्रतिवद्धतालाई खबरहब डटकम लगायत मिडियाबाट प्रसारण गरिएको थियो । विश्व साइकल दिवसको अवसरमा नेपालमा यसभन्दा अघि पनि विविध कार्यक्रमहरू गरिँदै आएको थियो । यस वर्ष साइकलसँग जोडिएका विविध विषयहरूलाई स्थापित गर्न साइकल अभियानसँग संलग्न विभिन्न समूहहरूलाई एकीकृत गरि नीति निर्माण तहमै ठोस पहल गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । 

साइकल अभियानलाई प्राज्ञिक लगायत विविध बौद्धिक क्षेत्रसँग जोडेर साइकल बहुआयामिक समुदायलाई सांस्कृतिक सामाजिक आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता बोध अघिल्ला कार्यक्रमहरुमा हुँदै आएको थियो । यसैको आधारशीलाबाट सञ्जाल निर्माण र कार्यक्रम सञ्चालन मुठ्ठीदानमार्फत आपसी सहकार्य र सहभागितामूल ढङ्गले अघि बढाइएको हो । राजधानी काठमाडौँलाई पहिलो प्राथमिकतामा राखी साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा साइकल संस्कृति निर्माण अभियानको सुरुवात गरिएको छ । यसपछि आगामी कार्यक्रमहरू क्रमशः तय गरी सार्वजनिक गरिने छ । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : ५७ बजे

देशभरका अदालतमा धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी