भिलेन बन्न चाहन्थे रणवीर | Khabarhub Khabarhub

भिलेन बन्न चाहन्थे रणवीर


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन् । यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन् । रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को चरित्रमा पनि अभिनय गर्न चाहन्थे । ‘म यस्तो छवि बनाउन चाहन्छु कि आमाले बच्चालाई भनुन् कि तिमी सुत । नत्र रणवीर आउनेछन्’, उनी भन्छन् ।

उनले फिल्म ‘शमशेरा’को भिडियो सार्वजनिक गर्दै यो कुरा बताएका हुन् । भिडियोमा उनले क्लासिक भिलेनलाई सम्झिएका छन् । ‘राम्रो र नराम्रोको लडाईंमा जहिल्यै जित राम्रोकै हुन्छ । तर, जो हारेर पनि मान्छेको मन जित्छ, उसलाई बाजिगर नभई भिलेन भनिन्छ । हिरो र भिलेनमा हामी हिरोको पक्ष लिन्छौं । तर, हिरोलाई आफ्नो हिरोगिरी देखाउन भिलेन छैन भने त्यस्तो हिरो कस्तो होला ? हामी हिन्दी फिल्मका क्लासिक हिरोको जति सम्झना गर्छौँ केही फिल्ममा त भिलेनले हिरोलाई पछाडि छोडेका छन्’, रणवीर भन्छन् ।

उनले ‘शोले’को गब्बर सिंह, ‘मिस्टर इण्डिया’को मोगेम्बो, ‘अग्निपथ’को काँचाचीनालाई सम्झिएका छन् । बाल्यकालदेखि नै यी भिलेन आफूलाई प्रिय लाग्ने गरेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ०८ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।