सभामुख सापकोटा आज स्वदेश फर्कँदै   « Khabarhub

सभामुख सापकोटा आज स्वदेश फर्कँदै  


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किँदै छ।

अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी भएको प्रतिनिधिमण्डल आज साँझ काठमाडौँ आइपुग्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

नेपाली संसदीय प्रतिनिधि मण्डलका तर्फबाट सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए। उनले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको बताउँदै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग  र ऐक्यबद्धता व्यक्त गरेका थिए ।

त्यस क्रममा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका समकक्षी साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।

यही असार १४ गते त्यसतर्फ प्रस्थान गरेको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : २० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर