सप्तकोसीले धार बदल्यो, चार हजार घर डुबानको उच्च जोखिममा « Khabarhub

सप्तकोसीले धार बदल्यो, चार हजार घर डुबानको उच्च जोखिममा


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चतरा (उदयपुर)- शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् ।

सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिँदा तीव्र कटान हुन थालेको हो । कटनका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हो ।

कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेको स्थानीयबासी बताउँछन् ।

स्थानीयवासी भन्छन् ‘नदी पुरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन सक्ने अवस्था छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्य भागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै जनधनमा क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौँ बासिन्दा घरबारविहीन बनिसकेका छन् ।

सप्तकोसीले धार परिवर्तन गर्दा गत वर्षदेखि नै उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोँचमा कटान गर्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा छन् । अहिले बेलका नगरपालिका– ८ को लाहुरे खाँेच र डुम्रिबोटेमा कटान तीव्र पारेको छ ।

तीन सय मिटर कटान

यस वर्ष पनि सप्तकोसीमा पानीको सतह बढेसँगै यस क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् । कोसीले गत वर्ष ६ सय मिटर कटान गरेको थियो भने यस वर्षको बाढीले थप तीन सय मिटर कटान गरी सकेको छ । अब दुई सय मिटर कटान गरे सप्तकोसीले नयाँ मार्ग बनाउने र यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनु पर्ने अवस्था रहेको बराह क्षेत्र नगरपालिका–६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।

नदीको कटान रोक्न तत्काल प्रयत्न नगरे बेलका नगरपालिकाका–२, ३, ८, ९ र  वराहक्षेत्र नगरपालिका–६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुप, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने लिम्बूको भनाइ छ ।

चार विद्यालय नदी कटानपछि विस्थापित 

सप्तकोसी कटानले बराह क्षेत्र नगरपालिका–६ चिलिया टप्पुस्थित बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका–३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भई सकेको निवर्तमान वडा सदस्य लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबीसी, गिनेरी, रामनगर, बुधबारे, चिलिया टप्पु विस्थापित हुने अवस्थामा रहेको उनले बताए ।

कटान गरेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरूलाई स्थलगत अवलोकन गराएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । अनुगमनपछि कटान रोक्न निगरानी गरी तत्काल अस्थायी मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गरेको नगर प्रमुख कार्कीले जानकारी दिए ।

सुनसरीको भाण्टाबारी कोसी ब्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने दायित्व भारत सरकारको हो । कोसी ब्यारेज निर्माण सम्झौताअनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भू–भाग कटान र डुबानमा पर्दै आएका छन् ।

कोसी तथा बक्राहा नदी नियन्त्रण आयोजना विराटनगरका अनुसार कोसी सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुवै किनारामा भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्नेछ । कटानका बेला अस्थायी रूपमा भारत सरकारले मर्मत गर्दै आए पनि सम्झौताअनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ०६ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’