अमर प्रहरीका छोराछोरीलाई एन प्याब्सनले निःशुल्क शिक्षा दिने « Khabarhub

अमर प्रहरीका छोराछोरीलाई एन प्याब्सनले निःशुल्क शिक्षा दिने


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले अमर, अशक्त तथा आर्थिक रूपले विपन्न प्रहरी कर्मचारीका  छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन प्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अमर, अशक्त तथा आर्थिक रूपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आज नेपाल प्रहरी श्रीमती सङ्घसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा एन प्याब्सनका सह अध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबिच हस्ताक्षर भएको छ । एन प्याब्सनमा आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने हुन्छ । एन प्याब्सनमा आबद्ध एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रममा एन प्याब्सनका सह अध्यक्ष न्यौपानेले आर्थिक रूपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर गरिएको जानकारी दिए । उनले एन प्याब्सन अन्तर्गत देशभर तीन हजार ५०० विद्यालय आबद्ध रहेको बताउँदै एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने बताए । सह अध्यक्ष न्यौपानेले एन प्याब्सनले शिक्षाको माध्यमबाट समाजमा गर्नुपर्ने दायित्व पूरा गर्दै आइरहेको बताए । गुणस्तरीय शिक्षाका लागि एनप्याब्सनले सङ्घसँग सहकार्य गरेको उनको भनाइ छ ।

सङ्घका अध्यक्ष सिंहले देश विकासका लागि राष्ट्रसेवक प्रहरी कर्मचारीले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एन प्याब्सनले सहकार्य गरेकोमा खुसी व्यक्त गरे । उनले आर्थिक रूपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरू विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताए । तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उनको भनाइ छ ।

सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ । आगामी दिनमा प्याव्सन र अन्य निकायसँग सहकार्य गर्दै जाने अध्यक्ष सिंहले बताए। सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, पूजा चौधरी, दुर्गा सिंह र किरण राणाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ४० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष