अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज « Khabarhub

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका थिए ।

बजेट पेस गरेको केही दिनपछि जेठ १४ गते राती (बजेट पेस गरेको अघिल्लो दिन) मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश दिई केही कम्पनीको हितमा हुने गरी राजस्वको दर तलमाथि गरेको खुलासा मिडियाले गरेका थिए ।

त्यसपछि उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराइदिन भन्दै पौडेलले असार १४ गते निवेदन दिएका थिए । निवेदनमा उनले २०७९ जेठ १४ गते बेलुका ६ बजेदेखि २०७९ जेठ १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेका थिए ।

अर्थ मन्त्रालयले निवेदनको जवाफ आज पौडेललाई दिएको छ । जवाफमा मन्त्रालयले भनेको छ, ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात् पहिलेको अभिलेख त्रमसः मेटिँदै जाने भनी लेखि आएको हुँदा सोही ब्यहोरा सूचना तथा जनकारी गराइएको आदेशअनुसार अनुरोध गर्दछु ।’

अर्थ मन्त्रालयको यो भनाई सरकारले २०७२ सालमा लागू गरेको सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि विपरीत पाइएको छ ।

कार्यविधिमा सीसीटीभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ । तर अर्थ मन्त्रालयले १३ दिन भन्दा बढीको सीसीटीभी फुटेज नरहने बताएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ४१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको