तीन महिनापछि लुम्बिनीका दान पेटिका खोलियो « Khabarhub

तीन महिनापछि लुम्बिनीका दान पेटिका खोलियो


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दान पेटिका तीन महिनापछि आइतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दान पेटिका खोलिएको हो । दान पेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ ।

लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दान पेटिका सबै पक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरणले बताए । उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दान पेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनुसार आइतबार एउटा मात्रै दान पेटिका खोलिएको छ ।

चार वटा दान पेटिका खोलेर संकलित दानको गणना गर्न चार दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताए । विगतमा दान पेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए । उनले दान पेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको बताए ।

राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रतिनिधिहरूको उपस्थितिमा दान पेटिका खोलिएको बताए ।  यसअघि २०७८ चैत १८ गते दान पेटिका खोलिएको थियो । १५१५ दिनमा दान पेटिका खोल्नुपर्ने भए पनि दान पेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए ।अघिल्लो पटक दान पेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रूपमा दानलाई लिने गरिएको छ ।

आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोभिडपछि भने दान पेटिका लामो समयसम्म खाली हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ०२ बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन