राहदानी वितरणलाई सहज बनाउनु पर्ने माग राख्दै युवा संघले राहदानी विभागमा बुझायो ज्ञापन पत्र  « Khabarhub

राहदानी वितरणलाई सहज बनाउनु पर्ने माग राख्दै युवा संघले राहदानी विभागमा बुझायो ज्ञापन पत्र 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणलाई सहज बनाउनु पर्ने माग राख्दै राहदानी विभागमा ज्ञापन पत्र बुझाएको छ ।

आइतबार राहदानी वितरणमा देखिएको समस्या समाधान गर्न माग गर्दै युवा संघले प्रदर्शन सहित विभागमा ज्ञापन पत्र बुझाएको हो ।

उनीहरूले कि रोजगार दे , कि पासपोर्ट दे भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि ज्ञापन पत्र बुझाउँदै युवा संघका अध्यक्ष किरण पौडेलले राहदानी वितरणमा भएका समस्याहरू समाधान गर्न माग गरे । उनले प्रभावकारी सर्भर प्रयोग गरी घरबाटै अनलाइन फर्म भर्ने व्यवस्था मिलाउँदै घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन पनि ध्यानाकर्षण गराए।

अर्जेन्ट राहदानी अतिरिक्त शुल्क लिई तीन दिनभित्र दिने भनिएपनि हप्ता दिन लगाउने तर बिचौलियाबाट गएमा तोकिएको समयमा नै हुने गरेकाले यसलाई अन्त्य गर्न पनि माग गरिएको पौडेलले बताए । ज्ञापन पत्र बुझ्दै विभागका निर्देशक शरदराज आर्यनले विभागको कामलाई सहज बनाउन आफूहरू तयार रहेको बताए । उनले राहदानी लिनेको संख्या बढेकाले भीड बढेको तर्क गरे ।

युवा संघले राहदानी वितरणलाई सहज र सर्वसुलभ तथा झन्झटरहित नबनाए थप दबाबका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ५९ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा