महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न  « Khabarhub

महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमै पहिलोचोटी आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरेकी हुन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता बनिन् । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

प्रतिस्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण नारासहित प्रतियोगिता भएको हो । प्रतियोगितामा १८ होलमा स्ट्याबल संरचनामा ३,४ ह्यान्डिक्यापसहित भएको प्रतियोगितामा ४० स्कोरसहित सिग्देल विजेता बन्नुभएको आयोजक मध्येका प्रतिमा शेर्पाले जानकारी दिइन्। उनी भन्दा २ स्कोर कम गरेकी काश्मिरा शाह उपविजेता भइन् । काश्मिराले सर्वाधिक ३ बर्डिज प्रहार गरेर मष्ट वर्डिज विधाको पुरस्कार प्राप्त गरिन् ।

यसैगरी सिनियरतर्फ ३७ स्कोरसहित रेखा घिमिरे च्याम्पियन बनेकी थिइन्  । सो प्रतियोगितामा कल्याणी मोक्तानले दोस्रो स्थान हासिल गरिन् । लेडी क्याप्टेन आरसिया बानु, नेपालका नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा र सञ्चारकर्मी सरिताश्री ज्ञवालीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा विजेतालाई स्कुटरसहित उपहार प्रदान गरिएको थियो ।

यसैगरी उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्षक पुरस्कार प्रदान गरियो ।

प्रमुख अतिथि राष्ट्रपति भण्डारीले पहिलेदेखि खेलिँदै आएको यो गल्फ खेलको प्रवर्द्धनका लागि राज्यको सम्बद्ध निकायले उचित समन्वय गर्नुपर्ने धारणा राखेकी थिइन्।

गल्फ खेलाडी समेत रहनुभएका कार्यक्रमका विशेष अतिथि सपना मल्ल प्रधानले यो खेलले शारीरिक मात्र नभै सामाजिक, मानसिक रूपमा समेत लाभदायी हुने सुनाएकी थिइन् ।

रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले यो क्लबमा पहिलोपल्ट यस्तो खालको प्रतियोगिता भएको भन्दै महिला खेलाडीहरूको प्रशंसा गरेकी थिइन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ११ बजे

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको