प्रजातन्त्र सेनानी बादेको ९७ वर्षको उमेरमा निधन « Khabarhub

प्रजातन्त्र सेनानी बादेको ९७ वर्षको उमेरमा निधन


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे -प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिएका छन्।

पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए। तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए । वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो ।

वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रयस्थल रहेको बताइन्छ । सामाजिक काममा सक्रिय वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन माविका स्थापनाका लागि जग्गासमेत दान गरेका थिए । उनकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो । स्व वादेका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : २० बजे

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि