कोरोना बढ्न थालेपछि जमुनाह नाकामा बढाइयो सतर्कता « Khabarhub

कोरोना बढ्न थालेपछि जमुनाह नाकामा बढाइयो सतर्कता


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – जिल्लामा कारोना संक्रमित संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो संख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ । जमुनाह नाकामा अहिले सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए ।

भारतबाट दिनहुँ भित्रिनेको सीमानाका जमुनाहमा प्रभावकारीरूपले स्वास्थ्य जाँच गराएर मात्र घर फर्किने व्यवस्था गरिएको छ । जमुनाह नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । बाँकेमा हाल ४३ सक्रिय संक्रमित छन् । संक्रमित सबै होम आइसोलेशनमा छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ५१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा