मकवानपुरका विभिन्न सडक अवरुद्ध « Khabarhub

मकवानपुरका विभिन्न सडक अवरुद्ध


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गए राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरी मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको छ । उक्त सडकमा आज अपराह्नसम्ममा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

यस्तै पहिरो जाँदा कान्तिराजपथ पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

यसैगरी मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ । विभिन्न स्थानको पहिरो हटाइ हिजो साँझमात्रै सञ्चालनमा ल्याइएको उक्त सडकखण्डमा गए राति फेरि पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । पहिराका कारण मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्व र पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ जाने दिवासेवाका बसलाई आवश्यकता हेरेर त्रिभुवन राजपथबाट काठमाडौँ जान अनुमति दिइएको छ ।

उक्त राजपथको विभिन्न सडकको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म आवश्यकता हेरेरमात्रै बस त्रिभुवन राजपथबाट सञ्चालन गर्न दिइने बताइएको छ । रात्रिसेवाको बसलाई भने उक्त सडकखण्डबाट सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : ०० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू