अवैध लागूऔषधसहित १४ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित १४ जना पक्राउ


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, बर्दिया, दाङ, बाँके, धनकुटा र झापाबाट अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले डोटी बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट करिब ३ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । 

बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट करिब ४९० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका सुर्जगौडी गाउँ बस्ने १९ वर्षीय राकेश श्रीबास्तव र ३० वर्षीय नुरुदिन गड्डी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय अरुण पुन मगर समेत ४ जनालाई करिब ८ सय मिलिग्राम ब्राउनसुगरसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले लागूऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाही क्वाडीबाट २७० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय रञ्जित भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँकेको कोहलपुर नगरपालिका–८ बाबानगरस्थित पालगन्जबाट करिब ५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका–५ एनसीसीएन बस्ने २८ वर्षीय निर्मल सिंह ठकुरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

भे.११ प ७८१८ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित कोहलपुर नगरपालिका–१० बस्ने २९ वर्षीय दिपेश परियार र सोही नगरपालिका–७ बस्ने २९ वर्षीय नारायण बुढाथापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट करिब ५ किलोग्राम गाँजासहित शहिदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीय प्रदिप राई र १७ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

को.३९ प ६५६७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीबाट करिब एक ग्राम ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

आइसाको डेरामा लागूऔषध राखेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी चौकी सालवारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : १९ बजे

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको

लिभिङ टुगेदरमा महिलाको अत्यधिक शोषण

काठमाडौं- पछिल्लो समय पश्चिमाको सिको गर्दै नेपालमा पनि युवाहरु ‘लिभिङ

मनसुन अवधिमा सरदरभन्दा वर्षा कम र तापक्रम बढ्ने पूर्वानुमान

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा