अवैध लागूऔषधसहित १४ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित १४ जना पक्राउ


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, बर्दिया, दाङ, बाँके, धनकुटा र झापाबाट अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले डोटी बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट करिब ३ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । 

बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट करिब ४९० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका सुर्जगौडी गाउँ बस्ने १९ वर्षीय राकेश श्रीबास्तव र ३० वर्षीय नुरुदिन गड्डी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय अरुण पुन मगर समेत ४ जनालाई करिब ८ सय मिलिग्राम ब्राउनसुगरसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले लागूऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाही क्वाडीबाट २७० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय रञ्जित भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँकेको कोहलपुर नगरपालिका–८ बाबानगरस्थित पालगन्जबाट करिब ५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका–५ एनसीसीएन बस्ने २८ वर्षीय निर्मल सिंह ठकुरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

भे.११ प ७८१८ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित कोहलपुर नगरपालिका–१० बस्ने २९ वर्षीय दिपेश परियार र सोही नगरपालिका–७ बस्ने २९ वर्षीय नारायण बुढाथापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट करिब ५ किलोग्राम गाँजासहित शहिदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीय प्रदिप राई र १७ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

को.३९ प ६५६७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीबाट करिब एक ग्राम ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

आइसाको डेरामा लागूऔषध राखेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी चौकी सालवारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : १९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल