लामो अन्तरालपछि डिजे सन्तोषले ल्याए ‘जालेरुमाल’ « Khabarhub

लामो अन्तरालपछि डिजे सन्तोषले ल्याए ‘जालेरुमाल’


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् ।

मंगलबार काठमाडौँमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन् ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित थिए । नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौँ नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।

कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोक संगीतको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ३२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना