५० जिल्लाका बालबालिकालाई कोभिड विरुद्धको खोप दिइने  « Khabarhub

५० जिल्लाका बालबालिकालाई कोभिड विरुद्धको खोप दिइने 


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङसहित ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ । 

सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको हो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रासमेत पाइसकेका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार जिल्लामा रहेका सो उमेर समूहका झण्डै ५० हजार बालबालिकालाई फाइजर खोप दिइनेछ । ‘सुइँ आइसकेको छ, खोप यही २५ गतेपछि आउँछ’, उनले भने, ‘बालबालिकालाई विद्यालयमै तोकिएका खोप केन्द्रबाट खोप दिइन्छ ।’

उनले बर्सातका कारण खोप ढुवानी र अरु व्यवस्थापकीय तयारीमा बाधा नपरे मन्त्रालयले ताकेकै दिनबाट खोप अभियान सञ्चालन हुने बताए । दोस्रो चरणअन्तर्गत भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप बालबालिकालाई दिइनेछ ।

स्वास्थ्य कार्यालयले त्यसअघि यही साउनभित्रैमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको थप मात्रा (बुस्टर) दिने तयारी थालेको छ । जिल्लाको बागलुङ, जैमिनी, गलकोट नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका सो उमेर समूहका बालबालिकालाई साउन २० र २१ गते खोपको थप मात्रा दिइनेछ ।

यस्तै ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोलातमानखोला गाउँपालिकाका बालबालिकालाई साउन २५ र २६ गते खोपको थप मात्रा दिइने खोप सुपरभाइजर खत्रीले जानकारी दिए । स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि व्यवस्थापकीय तयारीका काम अघि बढेको बताए ।

बर्सातका कारण यातायात सहज नहुँदा गाउँगाउँमा खोप ढुवानी गर्न र सुरक्षित भण्डारणका लागि चुनौती थपिएको उनको भनाइ छ । कोभिड–१९ को सम्भावित नयाँ लहरको जोखिमबाट बचाउन पनि बालबालिकालाई छिटो खोप दिनुपर्ने स्थिति छ ।

हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट जोगिएका र खोप नपाएका बालबालिका नयाँ भेरियन्टको जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाको सहयोगमा नेपाल आएको फाइजर खोप बालबालिकालाई दिन लागिएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ४६ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा