फ्रान्समा चिनियाँद्वारा तिब्बती मूलका व्यक्तिको हत्या « Khabarhub

फ्रान्समा चिनियाँद्वारा तिब्बती मूलका व्यक्तिको हत्या


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा चिनियाँ रोजगारदाताले तिब्बती मूलका मानिसको हत्या गरेको खबर सार्वजनिक भएको छ । उत्तरी फ्रान्सको सेन्ट लियोनार्ड नगरमा एकजना चिनियाँ नागरिकले तिब्बती मूलका कामदारको हत्या गरेको समाचार सार्वजनिक भएको हो ।

ती तिब्बती मूलका कामदार चिनियाँहरुले सञ्चालन गर्दै आएको रेस्टुरेन्टमा कार्यरत रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यता घटना सार्वजनिक हुनासाथ फ्रान्समा रहेका तिब्बती समुदायले विरोध प्रदर्शन गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीको भीडले उक्त रेस्टुरेन्टको सिसा फुटाइदिएको र रेस्टुरेन्ट अगाडि रोकिराखेको कारमा समेत क्षति पु¥याएको जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : २६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा