बनेपा–तीनघरे–अनेकोट सडकखण्ड अवरुद्ध « Khabarhub

बनेपा–तीनघरे–अनेकोट सडकखण्ड अवरुद्ध


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित तीनघरेमा पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको छ । बनेपा–तीनघरे–अनेकोट सडकखण्डमा माथिबाट पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको हो ।

पहिरो गएको स्थानको आज जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिराले पुर्‍याएको अवलोकन गरेका छन् ।  पहिराका कारण त्यहाँका दुई घरसमेत जोखिममा परेको बनेपा नगरपालिकाले जनाएको छ । 

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले पहिरामा परेर एउटा मोटरसाइकलसमेत पुरेको र अहिले मान्छेसमेत आवतजावत गर्न कठिन भएको बताए । ‘पहिरो ठूलै गएका कारण अझै पनि माथिबाट अलिअलि ढुङ्गा र माटो खस्नेक्रम रोकिएको छैन’, उनले भने, ‘जोखिमको अवस्था भएका कारण तत्काल सडक खुलाउनसक्ने अवस्था छैन ।’

पहिराका कारण जोखिममा रहेका घरलाई तत्कालका लागि सुरक्षा दिन नगरपालिका विपद् व्यवस्थापन कोषबाट त्रिपालको व्यवस्थापन गरिएको उनले बताए। पहिरो गएर सडक नै अवरुद्ध भएपछि अहिले बनेपा–तीनघरे–अनेकोट चल्ने सवारीसाधनसमेत ठप्प भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मनसुन सक्रिय रहेको अवस्थामा तत्कालका लागि पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले पानी रोकिएपछि मात्रै पहिरो हटाएर यातायात सञ्चलन गर्ने बताए । जिल्लामा विपद्का घटना छिटफुटरुपमा देखापरेको बताउँदै जिल्ला प्रशासन कार्यालयले मनसुन प्रतिकार्य योजना तयार गरेर काम गरिरहेको उनको भनाइ छ ।

विपद्मा परेर अहिलेसम्म दुई जना बालक बेपत्ता रहेको र एक जनाको बाढीले बगाएर मृत्यु भएको उनले बताए । 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ५३ बजे

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा