बनेपा–तीनघरे–अनेकोट सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

बनेपा–तीनघरे–अनेकोट सडकखण्ड अवरुद्ध


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित तीनघरेमा पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको छ । बनेपा–तीनघरे–अनेकोट सडकखण्डमा माथिबाट पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको हो ।

पहिरो गएको स्थानको आज जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिराले पुर्‍याएको अवलोकन गरेका छन् ।  पहिराका कारण त्यहाँका दुई घरसमेत जोखिममा परेको बनेपा नगरपालिकाले जनाएको छ । 

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले पहिरामा परेर एउटा मोटरसाइकलसमेत पुरेको र अहिले मान्छेसमेत आवतजावत गर्न कठिन भएको बताए । ‘पहिरो ठूलै गएका कारण अझै पनि माथिबाट अलिअलि ढुङ्गा र माटो खस्नेक्रम रोकिएको छैन’, उनले भने, ‘जोखिमको अवस्था भएका कारण तत्काल सडक खुलाउनसक्ने अवस्था छैन ।’

पहिराका कारण जोखिममा रहेका घरलाई तत्कालका लागि सुरक्षा दिन नगरपालिका विपद् व्यवस्थापन कोषबाट त्रिपालको व्यवस्थापन गरिएको उनले बताए। पहिरो गएर सडक नै अवरुद्ध भएपछि अहिले बनेपा–तीनघरे–अनेकोट चल्ने सवारीसाधनसमेत ठप्प भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मनसुन सक्रिय रहेको अवस्थामा तत्कालका लागि पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले पानी रोकिएपछि मात्रै पहिरो हटाएर यातायात सञ्चलन गर्ने बताए । जिल्लामा विपद्का घटना छिटफुटरुपमा देखापरेको बताउँदै जिल्ला प्रशासन कार्यालयले मनसुन प्रतिकार्य योजना तयार गरेर काम गरिरहेको उनको भनाइ छ ।

विपद्मा परेर अहिलेसम्म दुई जना बालक बेपत्ता रहेको र एक जनाको बाढीले बगाएर मृत्यु भएको उनले बताए । 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ५३ बजे

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको