मनाङमा २३ करोडको यार्सागुम्बा बिक्री « Khabarhub

मनाङमा २३ करोडको यार्सागुम्बा बिक्री


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- हिमाली जिल्ला मनाङबाट कम्तीमा २३ करोड ५५ लाख रुपैयाँ बराबरको यार्सागुम्बा बिक्री भएको छ । मनाङमा बाह्य र स्थानीयले संकलन गरेर व्यापारीलाई यार्चागुम्बु बिक्री गरिन्छ ।

आर्थिक वर्ष ०७८/७९ मा मनाङमा व्यापारीले सरकारलाई प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व बुझाउँछन् । यार्साबाट  मात्रै  ३६ लाख २९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको छ ।

संकलकले व्यापारीलाई प्रतिकिलो यार्सा नराम्रो १५ लाखदेखि १६ लाख रुपैयाँसम्म र राम्रोको २५ लाखदेखि ३० लाख रुपैयाँसम्म बिक्री गर्छन् । व्यापारी यार्सागुम्बा संकलनस्थलमै पुग्छन् । धादिङको रि–गाउँका एक्का तामाङका अनुसार व्यापारीले प्रतियार्सा ४ सयदेखि ५ सय रुपैयाँमा संकलनस्थलमै किन्छन् । एक किलोमा ठूलो मात्राका ३ हजार २ सय हाराहारीका यार्सा अट्ने उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले काठमाडौं लगेर चिनियाँ व्यापारीलाई प्रतिकिलो यार्सा ५० लाख रुपैयाँसम्म बिक्री गर्ने जानकारी आएको बताए ।

एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले सेवा दस्तुरबापत प्रतिकिलो यार्साको १० हजार रुपैयाँ लिने गरेका हुन् । सरकारलाई तिर्ने राजस्व भने उनीहरूले एक्यापमार्फत डिभिजन वन कार्यालयमा जम्मा गर्छन् ।

वित्तीय आयोगको खातामा जम्मा हुने उक्त राजस्व संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत र स्थानीय तहले २५ प्रतिशत पाउँछन् ।

एक्यापका अनुसार मनाङमा गत वर्ष कुल यार्चागुम्बु ४० दशमलव ५ किलोग्राम यार्सा संकलन भएको थियो । यसबाट १३ लाख ९७ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ५५ बजे

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार

रास्वपा केन्द्रीय समिति बैठक जारी, महाधिवेशनको समीक्षादेखि आगामी अभियानबारे छलफल हुँदै

काठमाडौं– रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

भद्रपुर– झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो